अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट प्रमाणीकरण गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत नागरिक एपले नयाँ व्यवस्था गरेको हो ।
अब सेवाग्राहीहरूले आफ्नो नाममा रहेको सिम र राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गरी नागरिक एप प्रमाणिकरण गर्न सक्ने नागरिक एपले जानकारी दिएको छ ।
यदि तपाईको नाममा सिम छ तर नागरिकता विवरण नमिलेर वा नभेटिएर नागरिक एप प्रयोग गर्न सकिरहनु भएको छैन भने राष्ट्रिय परिचयपत्र नम्बर भएमा पनि नागरिक एप सजिलै भेरिफाई गर्न सक्नु हुनेछ ।
सार्वजनिक सेवा प्रवाह मोबाइल एपबाटै प्रदान गर्ने उद्देश्यसहित केही वर्ष अगाडि नागरिक एप सार्वजनिक भएको थियो ।