कीवर्डहरू -

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी हुने भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो । 

स्थानीय तह र कुटनीतिक नियोगलाई पत्र पठाउँदै विभागले नेपाली नागरिकको १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न र जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको हो । 

प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरि राष्ट्रिय परिचय नम्बर प्राप्त भए पश्चात मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न समेत विभागले भनेको छ ।