कीवर्डहरू -

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फिचर अहिले सबै ठाउँमा उपलब्ध भने भएको छैन् । 

ग्रुप च्याट २ तरिकाबाट सुरू गर्न सकिने छ । इनबक्सबाट ग्रुप च्याट सुरू गर्न सकिने छ । त्यसका लागि तपाईंले स्क्रिनको शीर्षमा रहेको च्याट बटन वा म्यासेज सूचीमा रहेको नाम र त्यसपछि ‘थप विकल्पहरू’ बटन ट्याप गर्न सक्नुहुन्छ । 

त्यसपछि समावेश गर्न चाहेको साथी छनौट गरेर स्टार्ट ग्रुप च्याटमा क्लिक गर्नुपर्नेछ । यस बाहेक पोष्ट शेयर गरेर ग्रुप च्याट सुरू गर्न सकिने छ । एक भन्दा बढी व्यक्तिहरूसँग कुराकानी गर्नलाई  साझेदारी बटन ट्याप गरी ग्रुप च्याट सिर्जना गर्न सकिने छ । 

अनि तपाईंले पठाउन चाहे साथीहरू छानेर च्याट गर्न सकिने छ । साथै आफ्नो इनबक्समार्फत प्राप्त कुनै पनि ग्रुप च्याटको निमन्त्रणा स्वीकार गर्न सकिने छ । ग्रुप च्याटका लागि म्युचुअल्ली फलो गर्ने मानिसहरूलाई मात्र आमन्त्रित गर्न सकिने छ । 

ग्रुप च्याट सुविधा १३ देखि १५ वर्षबीचका प्रयोगकर्ताका लागि भने उपलब्ध छैन् । यस्तै १६ र १७ वर्षका प्रयोगकर्ता कम्तिमा पनि एक आपसमा साथी भएमा मात्र ग्रुप च्याट गर्न सक्ने जना म्युचुअल साथी भएमा मात्र ग्रुप च्याटमा जोडिन सक्ने छन् । यदि उनीहरूले ग्रुप च्याट बनाए भने सहभागी हुने नयाँ जो कोहीलाई समीक्षा र म्यानुअल रूपमा अनुमोदन गर्नुपर्नेछ ।