कीवर्डहरू -

आई स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट अब सजिलै नमस्ते पेमा पैसा लोड गर्न सकिने

आई स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट अब सजिलै नमस्ते पेमा पैसा लोड गर्न सकिने

आई स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्ने भएका छन् ।

यसले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेटमा लोड गर्ने सुविधा प्रदान गर्ने र सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्ने नमस्ते पेले जनाएको छ । 

नमस्ते पे र आई स्मार्टबीचको यो सहकार्यले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेशनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउने आशा गरिएको छ । 

नमस्ते पेमा अफलाइन भुक्तानी (युएसएसडी) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू रहेका छन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा प्रदायक हो । 

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।