अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।
स्वास्थ्य बीमा बोर्डले मिति २०७८ चैत २५ गते देखि संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित परिवारले इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत घरमुलीको बीमा नम्बर राखी नागरिक एपमा लिंक गरेर नवीकरण गर्न सकिने छ ।
सम्भव भएसम्म बीमितले अनलाइनमार्फत आ-आफ्नो स्वास्थ्य बीमा सदस्य नवीकरण गर्न बोर्डले अनुरोध गरेको छ ।