अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोटोका साथै १०० एमबीसम्मका फाइलहरू पनि सजिलैसँग प्रयोगकर्तालाई पठाउन सकिने छ ।
म्यासेन्जरमा एचडी फोटो पठाउनका लागि दाहिने तिर एचडी ब्याजको संकेत देखिने छ । फेसबुकका अनुसार, प्रयोगकर्ताहरूले अझै पनि एसडी फोटोहरू पठाउन सक्ने छन्, जसले कम डाटा खपत गर्दछ ।
फेसबुक मेसेन्जरमा कसैलाई फोटो पठाउनको लागि फोटो चयन गर्नुपर्छ । यसका लागि मेनुमा एचडी फोटो टगल गरेपछि सेन्डमा क्लिक गर्नुपर्नेछ । एकै समयमा, एक भन्दा बढीलाई फोटो एल्बम सिर्जना गर्न वा यसलाई पुनः नामाकरण गर्नुपर्नेछ ।
यसपछि तपाईंले उक्त एल्बमबाट फोटो मेटाउन वा अर्को फोटो थप्न सक्नुहुन्छ । यसपछि तपाईले मिडिया मेनुबाट कुनै एक व्यक्ति वा समूहलाई सजिलैसँग फोटो पठाउन सक्नुहुन्छ ।
यस बाहेक मेटाले भर्खरै एचडी मिडिया पठाउने विकल्प पनि दिएको छ । यसमार्फत एचडी फोटोहरू स्वतः जानेछन् । यो फिचरले टेलिग्राम प्लेटफर्ममा काम गरेझैं काम गर्नेछ । प्रयोगकर्ताहरूले १०० एमबीका फाइलहरू निःशुल्क पठाउने विकल्प पनि दिइएको छ ।