अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्राहकहरुले केवाईसी एक पटक मात्र भर्नुपर्ने र त्यसलाई राष्ट्रिय परिचय पत्रमा जोड्ने व्यवस्था गरिने बताए ।
उक्त केवाईसी आवश्यक पर्ने निकायले डिजिटल माध्यमबाट लिन सकिने व्यवस्था गरिने उनले बताएका छन् ।