कीवर्डहरू -

डट एनपी डोमेनमा नाम दर्ता गर्न अब शुल्क तिर्नुपर्ने

डट एनपी डोमेनमा नाम दर्ता गर्न अब शुल्क तिर्नुपर्ने

डट एनपी डोमेनमा नाम दर्ता गर्न अब शुल्क तिर्नुपर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डट एनपी डोमेन दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था राखिएको छ । 

डट एनपी डोमेसनको व्यवस्थापन र सञ्चालन सूचना प्रविधि विभागले गर्नेछ । अहिलेसम्म डट एनपी डोमेनको व्यवस्थापन तथा दर्ता मर्कन्टाइलले गर्दै आएको छ । 

यस्तै मस्यौदामा डट एनपीको डोमेन नाम तोकिएको दस्तुर बुझाएर प्रत्येक २ वर्षमा नवीकरण गर्नुपर्ने समेत व्यवस्था प्रस्ताव गरिएको छ । 

यदी यो विधेयकको मस्यौदा संसदमा पुगेर पास भइ ऐनको रूपमा लियो भने अहिलेसम्म सञ्चालनमा रहेका डोमेन नाम ६ महिनाभित्र दर्ता गराउनु पर्नेछ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि आगामी १५ दिनभित्र [email protected] मा राय सुझाव इमेल गर्न अनुरोध गरेको छ ।

सूचना प्रविधिको विकास, प्रबर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा साइबर स्पेसमा सङ्कलित, सङ्ग्रहित, प्रशोधित, प्रकाशित वा प्रसारित सूचना, तथ्याङ्क एवम् सूचना तथा सञ्चार प्रविधि प्रणालीको गोपनीयता, अखण्डता, उपलब्धता, प्रमाणिकता र आधिकारिकता कायम राख, संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा सुरक्षा गर्न, सूचना प्रविधि तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन गर्न, अनुसन्धान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न सरकारले नयाँ विधेयकको मस्यौदा तयार पारेको हो । 

यस्तो छ विधेयकको मस्यौदा