नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भएको/नभएको जानकारी दिन आग्रह गरेको छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै ब्रोडब्याण्ड सेवा सञ्चालन भएको/नभएको र कुनै स्थानीय तह छुटेको भए जानकारी दिन अनुरोध गरेको हो ।
दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशभरका स्थानीय तह र वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याएको थियो ।
उक्त परियोजना अन्तर्गत तोकिएको दुई वर्षको सेवा अवधि सकिएको अवस्थामा सेवा निरन्तरता भए/नभएको तथा उक्त परियोजना कार्यान्वयनका क्रममा संघीय संरचनामा भएको परिवर्तन समेतका कारण छुट हुन गएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूबाट हालको ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्थाको बारेमा देहाय बमोजिमको विवरणहरू प्रथम पटक सूचना प्रकाशित मितिबाट १५ कार्य दिनभित्र उपलब्ध गराई आवश्यक सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको हो ।