कीवर्डहरू -

टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । 

यस अन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रूपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रूपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रूपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।