कीवर्डहरू -

नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत

नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत

नेपाल टेलिकमले नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु असोज १३ गतेदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । 

यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५०० रूपैयाँ मिनाहा समेत गरिएको छ ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रूपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० रूपैयाँमा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रूपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ । आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरु खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीले लाभ लिनुहुने विश्वास कम्पनीको रहेको छ ।