कीवर्डहरू -

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको घोषणा गरेको हो ।

युट्युब पोडकास्टहरू केवल हेडफोनमार्फत मात्र सुन्ने गरिँदैन । सन् २०२४ मा ४० करोड घण्टाभन्दा बढी पोडकास्ट सामग्री लिभिङ रुम डिभाइसहरू (जस्तै स्मार्ट टिभी) मा प्ले गरिएको थियो । 

साथै, एडिसन रिसर्चको डेटा अनुसार १३ वर्ष वा सोभन्दा माथिका साप्ताहिक पोडकास्ट सुन्नेहरूमध्ये झन्डै एक तिहाइ प्रयोगकर्ताका लागि युट्युब नै सबैभन्दा बढी प्रयोग गरिने प्लेटफर्म रहेको छ ।
पछिल्लो समय पोडकास्ट ट्रेन्ड विश्वभर बढिरहेको छ ।

नेपालमा पनि धेरैले पोषकास्ट सञ्चालन गरिरहेका छन् । युट्युब अडियो-आधारित ढाँचाका लागि सबैभन्दा उपयुक्त जस्तो नदेखिए पनि वास्तवमा यो पोडकास्ट उपभोगका लागि ठूलो खेलाडी बनिसकेको छ ।