कीवर्डहरू -

बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

जेठ २९ गते काठमाडौंमा ओडू ईआरपीको बिजनेस शो आयोजना गर्ने भएको छ । स्मार्टन टेक्नोलोजीजले बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘ओडू बिजनेस शो’ गर्न लागेको हो । 

दिउँसो साढे १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने शोमा ईआरपी सफ्टवेयर ओडुको बारेमा जानकारी र अनुभव लिन पाइने छ । 

यस बाहेक कार्यक्रममा प्यानल संवाद र परामर्श समेत प्रदान गरिने छ । यस कार्यक्रममा निःशुल्क सहभागी हुन सकिने छ । 

हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर, हेल्पडेस्क, छलफल जस्ता काम एउटै सफ्टवेयर अर्थात ओडूबाट गर्न सकिन्छ । 

फिचरहरूले भरिपूर्ण ओडू धेरै महंगो पनि छैन् । यसका ३ वटा भर्सन छन् । पहिलो फ्री, दोस्रो स्ट्याण्डर्ड र तेस्रो कस्टुम । निःशूल्क भर्सनमा ओडू प्लेटफर्ममा भएका कुनै एउटा सुविधा निःशुल्क प्रयोग गर्न सकिन्छ ।