कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा अधिकारी

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा अधिकारी
कार्यवाहक अधयक्ष नवराज अधिकारी

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेकाे छ । पुस २४ गते बसेको मन्त्रिपरिषद बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । 

खनालले अध्यक्षबाट राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा प्राधिकरणका सदस्य नवराज अधिकारीलाई तोक्ने समेत निर्णय गरेको छ । 

त्यस्तै प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन भएको छ ।