कीवर्डहरू -

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधायुक्त एयरबड सार्वजनिक गरेको गरेको हो । 

एयरबडबाट प्रयोगकर्ताले स्मार्टफोनको प्रयोग नगरेरै कम्पनीको जेनेरेटिभ एआई च्याटबट डुबाओसँग भ्वाइस कमाण्डमार्फत कुराकानी गर्न सक्ने छन् । 

तर त्यसका लागि आफ्नो फोनमा डुबाओ मोबाइल एप भने इन्स्टल गर्नु पर्नेछ । एक पटक एप डाउनलोड गरेर एयरबड्स कनेक्ट गरिसकेपछि डुबाओ डुबाओ कमाण्ड दिएर कुरा गर्न सकिने छ ।
डुबाओको चीनको लोकप्रिय जेनएआई एप हो, जसका प्रयोगकर्ता गत सेप्टेम्बरमा ४७ मिलियन थिए । 

अहिले चीनमा मात्र उपलब्ध रहेको ६.६ ग्राम तौल रहेको ओला फ्रेन्ड एयरबड्स पर्पल, सिल्भर, कालो र सेतो रङमा आउने छ । यसको मूल्य १ हजार १९९ युआन अथवा १७० अमेरिकी डलर तोकिएको छ ।

डिभाइस अक्टोबर १७ देखि शिप गरिने छ तर त्यो भन्दा अगाडि टिमल, जेडी डटकम र डुइङबाट प्रिबुकिङ गर्न सकिने छ ।