यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्छ ।
त्यतिबेला केही एपहरु एकदमै लोकप्रिय थिए तर आजका अधिकांश युवा पुस्तालाई त्यस्ता एपको बारेमा थाहा नै छैन् । त्यसैगरी धेरै सामाजिक मिडिया प्लेटफर्महरू बिस्तारै मर्दै छन् ।
सामान्तयाः यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । पछिल्लो समय केही सामाजिक सञ्जालप्रति घट्दै गएको लोकप्रियताले पनि त्यस्तो देखाउँछ ।
सन् २०२३ मा कोरी डाक्टरब नामक व्यक्तिले यस प्रचलनलाई 'एन्सिटिफिकेशन' नाम दिएका छन् । यसको मतलब यी प्लेटफर्महरूको ब्रेकडाउन हुनु हो । उनले सामाजिक सञ्जालको आयुलाई ३ चरणमा वर्गीकरण गरेका छन् ।
पहिलो चरणमा यी प्लेटफर्महरू प्रयोगकर्ताहरूका उपयोगी हुन्छन् । दोस्रो चरणमा, पैसा कमाउन प्रयोगकर्ताहरूलाई हैरान गर्न थाल्छन् र तेस्रो अर्थात अन्तिम चरणमा अन्ततः प्लेटफर्म खराब हुँदै जान्छ र प्रयोगकर्ताहरूले प्रयोग गर्न त्याग्छन् र प्लेटफर्म बन्द हुन्छ ।
पछिल्लो समय फेसबुकमा समेत यस्तो देखा पर्न थालेको छ । अहिले मानिसहरूले फेसबुक चलाउन विस्तारै छोड्न थालेका छन् ।
फूल ओइलाए झैं सोसल मिडिया प्लेटफर्महरूले पनि आफ्नो आकर्षण गुमाउँदै गएका छन् । अनि मानिसहरूले कम प्रयोग गर्न थाल्छन् र तिनीहरूको बारेमा नराम्रो कुरा पनि भन्न थाल्छन् ।
प्लेटफर्म पूर्ण रूपमा पतन हुन लाग्दा मानिसहरूको प्रतिक्रिया अचानक परिवर्तन हुने र विस्तारै एप चलाउन छोड्दै जाने डाक्टरबको भनाइ छ ।