कीवर्डहरू -

पुरानो हुन्छ सामाजिक सञ्जाल पनि, तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?

पुरानो हुन्छ सामाजिक सञ्जाल पनि,  तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?

यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्छ ।

त्यतिबेला केही एपहरु एकदमै लोकप्रिय थिए तर आजका अधिकांश युवा पुस्तालाई त्यस्ता एपको बारेमा थाहा नै छैन् । त्यसैगरी धेरै सामाजिक मिडिया प्लेटफर्महरू बिस्तारै मर्दै छन् ।

सामान्तयाः यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । पछिल्लो समय केही सामाजिक सञ्जालप्रति घट्दै गएको लोकप्रियताले पनि त्यस्तो देखाउँछ । 

सन् २०२३ मा कोरी डाक्टरब नामक व्यक्तिले यस प्रचलनलाई 'एन्सिटिफिकेशन' नाम दिएका छन् । यसको मतलब यी प्लेटफर्महरूको ब्रेकडाउन हुनु हो । उनले सामाजिक सञ्जालको आयुलाई ३ चरणमा वर्गीकरण गरेका छन् । 

पहिलो चरणमा यी प्लेटफर्महरू प्रयोगकर्ताहरूका उपयोगी हुन्छन् । दोस्रो चरणमा, पैसा कमाउन प्रयोगकर्ताहरूलाई हैरान गर्न थाल्छन् र तेस्रो अर्थात अन्तिम चरणमा अन्ततः प्लेटफर्म खराब हुँदै जान्छ र प्रयोगकर्ताहरूले प्रयोग गर्न त्याग्छन् र प्लेटफर्म बन्द हुन्छ ।

पछिल्लो समय फेसबुकमा समेत यस्तो देखा पर्न थालेको छ । अहिले मानिसहरूले फेसबुक चलाउन विस्तारै छोड्न थालेका छन् । 

फूल ओइलाए झैं सोसल मिडिया प्लेटफर्महरूले पनि आफ्नो आकर्षण गुमाउँदै गएका छन् । अनि मानिसहरूले कम प्रयोग गर्न थाल्छन् र तिनीहरूको बारेमा नराम्रो कुरा पनि भन्न थाल्छन् ।

प्लेटफर्म पूर्ण रूपमा पतन हुन लाग्दा मानिसहरूको प्रतिक्रिया अचानक परिवर्तन हुने र विस्तारै एप चलाउन छोड्दै जाने डाक्टरबको भनाइ छ ।