कीवर्डहरू -

ओमोडाले दक्षिणकाली र इलाममा गर्‍यो ३ हजार वृक्षारोपण

ओमोडाले दक्षिणकाली र इलाममा गर्‍यो ३ हजार वृक्षारोपण

नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको छ ।

टी-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को अवसरमा कम्पनीले सञ्चालन गरेको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना अन्तर्गत उक्त संख्यामा बिरुवा रोपिएको हो ।

दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन) सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ मुख्य नारा दिएर कम्पनीले ‘ओ-फरेस्ट’ अवधारणा र योजना अनुसार वृक्षारोपण गरिएको जनाएको छ ।

डोल्लु सामुदायिक वनमा अवस्थित ‘ओ-फरेस्ट’ योजनामा डोल्लु समुदाय, देशभरिका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा ५ साउनमा वृक्षारोपण सम्पन्न भएको हो ।

वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपोन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा सम्वर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीको छ ।

वृक्षारोपण कार्यक्रम अन्तर्गत १ हजार ५०० बिरुवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’ सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १ हजार ५०० बिरुवा रोपिएको कम्पनीले जनाएको छ ।