कीवर्डहरू -

फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विथड्रल सुविधा

फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विथड्रल सुविधा

फोनेपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिनेछ । अब, व्यवसायीले आफ्नो बैंक खातामा नगद तुरुन्तै ट्रान्सफर गर्न सक्ने छन् ।

यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्ने छैन् । व्यवसायीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिने उद्देश्यले नयाँ सुविधा ल्याएको फोनपेले जनाएको छ । यसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुने कम्पनीको विश्वास छ । 

व्यवसायीहरूको आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना  गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ ।

यदि व्यापारीले आफ्नो नगद अन-रिक्वेस्ट विथड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ । नगद निकाल्न कुनै पनि शुल्क लाग्ने छैन् ।

कसरी प्रयोग गर्ने 'अन-रिक्वेस्ट विथड्रल' सुविधा ? 

-    फोनेपे बिजनेस एप खोल्नुहोस्

-    आफ्नो रजिस्टर्ड खाता प्रयोग गरेर लगइन गर्नुहोस् ।

-     प्रोफाइल लोगोमा ट्याप गर्नुहोस्

-    एपको माथि रहेको प्रोफाइल लोगोमा ट्याप गरेर अन्य विकल्पहरूमा जानुहोस्।

-    सेटलमेन्ट सेटिङ्समा जानुहोस् । सेटलमेन्ट सेटिङ्स" सेक्सनमा गएपछि फन्ड सेटलमेन्टसँग सम्बन्धित विभिन्न विकल्पहरू उपलब्ध हुन्छन् । 

-    रिक्वेस्ट विथड्रल चयन गर्नुहोस्

-    उपलब्ध विकल्पहरूबाट "रिक्वेस्ट विदड्रअल" चयन गर्नुहोस् र आफ्नो अनुरोध अगाडि बढाउनुहोस्।

-    एपमा दिइएका निर्देशनहरू पालना गरेर 'अन-रिक्वेस्ट विदड्रअल' सुविधा आफ्नो खाता लागि सक्रिय गर्नुहोस्।
 
-    एक पटक यो सुविधा सक्रिय गरेपछि, तपाईं आवश्यक परेको जुनसुकै समयमा आफ्नो नगद ,कुनै अतिरिक्त शुल्क बिना नै तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नुहुन्छ ।