फेस्टिवल सीजनमा धेरैले नयाँ ल्यापटप खरिद गरेका छन् । तपाईंमध्ये केहीले पनि नयाँ ल्यापटप किन्नुभएको होला । पहिलेको तुलनामा ल्यापटप सेटअप गर्न अहिले सजिलो भए पनि केही कुरा यस्ता छन् जसको सेटिङ अझै आवश्यक हुन्छ । आजको यस लेखमा हामी तपाईंलाई नयाँ ल्यापटप किन्दा केही महत्वपूर्ण सेटिङ्स र कन्फिगरेसन तुरुन्तै गर्नुपर्छ भन्ने कुरा बताउनेछौं । आउनुहोस्, जानौं...
नयाँ ल्यापटप किनिसकेपछि यी पाँच सेटिङहरू तुरुन्त गर्नुहोस्, जसले तपाईंलाई सधैं फाइदा हुनेछ ।
विण्डोज अपडेट जाँच गर्नुहोस्
पहिलोमा आफ्नो अपरेटिङ सिस्टमलाई अपडेट गर्नुहोस् । यसले नयाँ सुरक्षा प्याच र राम्रो प्रदर्शन प्राप्त गर्न मद्दत गर्दछ । यसका लागि सुरुमा“सेटिङ्स“ मा गएर “अपडेट एण्ड सुरक्षा“ मा गई “चेक अपडेट“ मा क्लिक गर्नुहोस् ।
एन्टिभाइरस र सुरक्षा सेटअप
यदि ल्यापटपमा एन्टिभाइरस पहिले नै इन्स्टल गरिएको छैन भने, एक राम्रो एन्टिभाइरस इन्स्टल गर्नुहोस् । यदि तपाईंको अपरेटिङ सिस्टम विन्डोज हो भने विन्डोज डिफेन्डरलाई अपडेट गर्नुहोस् र सुरक्षा सेटिङहरू अन गर्नुहोस् ।
भोल्युम र डिस्प्ले सेटिङहरू समायोजन
स्क्रिन ब्राइटनेस, रेजोल्युसन र भोल्युम सेटिङहरू आफ्नो आवश्यकता अनुसार समायोजन गर्नुहोस् । यसपछि “सेटिङ्स“ मा गएर“सिस्टम“ मा क्लिक गरेर “डिस्प्ले“ मा गई स्केलिङ र रेजोल्युसनलाई सही गर्नुहोस् ।
आवश्यक सफ्टवेयर इन्स्टल
आफ्नो आवश्यक सफ्टवेयरहरू जस्तै माइक्रोसफ्ट अफिस, पिडिएफ रिडर, र अन्य आवश्यक टुल्स इन्स्टल गर्नुहोस् । ल्यापटपका ड्राइभरहरू पनि अपडेट गर्नुहोस् ताकि सबै हार्डवेयर सही तरिकाले काम गर्न सकून् ।
वेब ब्राउजर सेट गर्नुहोस् र बुकमार्कहरू थप्नुहोस्
आफ्नो मनपर्ने ब्राउजर (जस्तै क्रोम, फायरफक्स, एज) डाउनलोड र सेटअप गर्नुहोस् । बैंकिङ, शपिङ र सामाजिक सञ्जाल वेबसाइटहरू जस्ता महत्वपूर्ण बुकमार्कहरू थप्नुहोस् ।