च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले पहिलो चीफ मार्केटिङ अफिसरको रूपमा क्रिप्टो कम्पनी कोइनबेसकी केट राउचलाई नियुक्त गरेको हो ।
जेनेरेटिभ एआईलाई लोकप्रिय बनाउने ओपन एआईले अहिलेसम्म मार्केटिङलाई खासै प्राथमिकतामा राख्ने थिएन । तर मार्केटिङ अफिसर नियुक्त गरेसँगै ओपन एआईले अब मार्केटिङमा लगानी गर्ने संकेत दिएको छ ।
अब ओपनएआईले आम्दानीको नयाँ स्रोतको रूपमा विज्ञापन ल्याउने अनुमान गरिएको छ । ओपनएआईको महंगो बिजनेस मोडलका कारण मोनिटाइजेसनका लागि कम्पनीलाई दबाब पर्दै आऐको छ ।
पछिल्लो समय जेनेरेटिभ एआईको क्षेत्रमा ओपन एआईसहित गूगल, माइक्रोसफ्ट, अमेजन, मेटा लगायतले ठूलो लगानी गरिरहेका छन् ।
राउच, ओपनएआईमा नियुक्त हुनु अगाडि सन् २०२१ देखि मा ग्लोबल मार्केटिङ र पब्लिक रिलेशन हेर्ने गरी कोइनबेसमा काम गरिरहेकी थिइन् । त्यसभन्दा अगाडि ११ वर्ष मेटामा ग्लोबल ब्राण्ड हेड र प्रडक्ट मार्केटिङमा काम गरेकी थिइन् ।