कीवर्डहरू -

शिक्षकहरूका लागि ओपन एआईको विशेष संस्करण ‘च्याटजीपीटी फर टिचर्स’

शिक्षकहरूका लागि ओपन एआईको विशेष संस्करण ‘च्याटजीपीटी फर टिचर्स’

विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) शिक्षण क्षेत्रमा प्रयोग बढ्दै जाँदा ओपन एआईले शिक्षकहरूका लागि विशेष संस्करणको च्याटजीपीटी सार्वजनिक गरेको छ। 
च्याटजीपीटी फर टिचर्स नामको यो संस्करण K-12 विद्यालयका शिक्षकहरूले सुरक्षित रूपमा प्रयोग गर्न सक्ने गरी तयार पारिएको छ र यो जुन २०२७ सम्म निशुल्क उपलब्ध हुनेछ।

ओपन एआईका अनुसार, यस संस्करणमार्फत शिक्षकहरूले कक्षाकोठाका लागि सामग्री तयार पार्न सक्नेछन् र आफ्नै सर्तमा एआईसँग परिचित हुन सक्नेछन्। च्याटजीपीटी फर टिचर्समा जीपीटी ५.१ सिधैं अन्य एपसँग जडान, फाइल अपलोड, छवि निर्माण र मेमोरी सुविधा जस्ता सुविधा उपभोक्ता संस्करण जस्तै उपलब्ध छन्।

तर यसमा विशेषता भनेको विद्यालय वातावरणमा प्रयोग हुने भएकाले पारिवारिक शिक्षा अधिकारी ऐन (FERPA) अनुसार विद्यार्थीको जानकारी सुरक्षित राख्ने व्यवस्था गरिएको छ।

यस संस्करणले सहकर्मी शिक्षकहरूसँग च्याट साझा गर्न सक्ने सुविधा पनि दिन्छ भने नयाँ च्याटहरूमा अरू शिक्षकहरूले कसरी च्याटपीजीटी प्रयोग गरेका छन् भन्ने सुझाव पनि स्वचालित रूपमा देखाउनेछ।

ओपन एआईले यसअघि विद्यार्थीहरूलाई लक्षित गर्दै च्याटजीपी ईडियु र स्टडी मोड जस्ता सुविधा ल्याइसकेको थियो। च्याटजीपी ईडियुमार्फत विद्यालयहरूले च्याटजीपीटी पहुँच विद्यार्थीलाई इमेल जस्तै सुविधा दिन सक्नेछन् भने स्टडी मोडले चरणबद्ध रूपमा बुझाउने उत्तर दिने फिचर हो।

शिक्षा क्षेत्रमा आफ्नो पहुँच बढाउन गूगलले  पनि विद्यार्थीहरूका लागि जेमिनाइमा छुट योजना ल्याइसकेको छ। ओपन एआईका लागि शिक्षकहरूलाई लक्षित गर्नुले यसलाई शिक्षा बजारमा आफ्नो स्थिति मजबुत बनाउने रणनीति हो।