कीवर्डहरू -

नयाँ स्वरूपमा ओपन नेपाल प्लेटफर्म सार्वजनिक, ओपन डेटा सम्बन्धि विविध जानकारी पाइने

नयाँ स्वरूपमा ओपन नेपाल प्लेटफर्म सार्वजनिक, ओपन डेटा सम्बन्धि विविध जानकारी पाइने

आईटी कम्पनी योङ इन्नोभेसनले ओपन डेटा सम्बन्धि जानकारी सम्बन्धि जानकारी दिने प्लेटफर्म ‘ओपन नेपाल’ सार्वजनिक गरेको छ । 

बुधबार आयोजित एक कार्यक्रममा नयाँ डिजाइन र रिब्राण्डिङसहित तयार भएको अनलाइन ओपन नेपाल प्लेटफर्मलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक गरेका हुन् ।   

ओपन नेपाल एउटा जानकारी दिने प्लेटफर्मसँगै ओपन डेटा सम्बन्धि कम्युनिटी भएको योङ इन्नोभेसनका सीईओ प्रशान्त श्रेष्ठले बताए । 

‘सरकारी तथा निजी क्षेत्रहरूले डेटासँग सम्बन्धित विभिन्न काम गरिरहेका छन् । तर सबै जानकारी एकै ठाउँमा दिने एउटा प्लेटफर्म छैन,’ उनले आइसिटी समाचारसँग भने, ‘ओपन नेपाल डट नेट वेबसाइटबाट, ‘ओपन डेटासम्बन्धि भइरहेका विभिन्न गतिविधिहरू एकै ठाउँमा पान्छ ।’ 

खासमा ओपन नेपाल प्लेटफर्म सन् २०१३ मा सुरू भएको थियो । तर बीचमा केही कारणले निष्क्रिय भएको थियो । अब भने पुनः यसलाई सक्रिय बनाउन खोजिएको छ । 

ओपन डेटा डट नेट वेबसाइटमा गएर ओपन डेटा सम्बन्धि भएका कामहरू र काम गर्ने संस्था बारे थाहा पाउन बुझ्न सकिने छ । जसले ओपन डेटा सम्बन्धि जानकारी पाउन अन्यत्र धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नेछ ।  

ओपन डेटाको अनलाइन कम्युनिटी पनि रहेको छ । वेबसाइटको कम्युनिटीमा जोडिएर ओपन डेटा सम्बन्धि भइरहेका र भविष्यमा हुने गतिविधि समेत थाहा पाउने सकिने छ । ओपन डेटाले अपलाइन इभेन्ट पनि गर्दै आएको छ ।