कीवर्डहरू -

ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा

ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा

लोकप्रिय च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ सैम अल्टम्यानलाई एआईको अनियन्त्रित शक्तिले नै खतरा महसुस हुन थालेको छ।

भोनकोपडकास्टमा स्वीकारे केही एआई सामग्री प्रयोग गर्दा उनी आफैं आफूले कतिसम्मको निजी जानकारी सेयर गर्न सक्ने भनेर थाहा नहुँदा डराउने अवस्था आउने बताएका छन् ।

यसको पछाडि उनको तर्क थियो - कहिलेकाहीं उनलाई आफूले कतिसम्मको निजी जानकारी सेयर गर्न सक्ने भनेर थाहा नहुँदा डराउने अवस्था आउँछ, किनभने थाहा छैन त्यो जानकारी कहाँसम्म पुग्नेछ।

'एआई कम्पनीहरूबीचको प्रतिस्पर्धा व्यावसायिक प्रभुत्व हासिल गर्ने मात्र नभइ यो त्यस्तो टूल बनाउने प्रतिस्पर्धा पनि हो, जसका परिणाम आगामी धेरै पुस्तासम्म गुन्जिरहनेछन्,' उनले भने ।

अहिले मानव भविष्य एआईका कारण निकै अनिश्चितताको दौरबाट गुज्रिरहेको छ। एआई पश्चात के होला ? भन्ने डर छ । यद्यपि एआई युगमा पनि आफैंका लागि कुनै न कुनै भूमिका अवश्य फेला पार्ने आशा अल्टम्यानको छ । 

उनका अनुसार एआईले मानिसहरूलाई बढी रचनात्मक, दार्शनिक वा अन्तरव्यक्तिक चासोका लक्ष्य हासिल गर्ने नयाँ सम्भावनाहरू प्रदान गर्नेछ। छोटो अवधिमा रोजगारी गुमाउनेहरूको लागि परिवर्तन निकै कठिन हुनेछ। तर जब सबैले एआईमार्फत तत्काल सहयोग र ज्ञान प्राप्त गर्न सक्छन्, तब उनीहरूले समाजमा अझ सार्थक योगदान गर्नेबारे नयाँ तरिकाले विचार गर्न सक्नेछन्।