कीवर्डहरू -

नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?

नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यो स्मार्टफोन विशेषगरी बलियो बनावट, लामो ब्याट्री क्षमता र किफायती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारका लागि डिजाइन गरिएको ओप्पो ए फाइभमा आईपी ६५ स्तरको पानी तथा धुलो प्रतिरोध, मिलिटरी-ग्रेड झट्का प्रतिरोध, र एसजीएस गोल्ड लेबल सर्टिफिकेसनजस्ता विशेषताहरू छन्।

यस स्मार्टफोनमा ६ हजार एमएएच क्षमताको ठूलो ब्याट्री राखिएको छ, जसले २६.६ घण्टा फोन कल, १६ घण्टा युट्युब स्ट्रिमिङ, र ४५० घण्टासम्मको स्ट्यान्डबाइ समय प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको ब्याट्रीले ५ वर्षसम्म ८० प्रतिशत क्षमतासहित काम गर्नेछ, जुन यो मूल्यको फोनका लागि दुर्लभ मानिन्छ। साथै, ४५ वाट सुपरभोक चार्जिङ प्रविधिको प्रयोगले फोनलाई ८४ मिनेटमै पूर्ण चार्ज गर्न सकिने छ।

प्रदर्शनका हिसाबले पनि ओप्पो ए फाइभ सक्षम छ। यसमा स्न्यापड्रयागन सिक्सएस जेनवान प्रोसेसर, ६ जीबी र्‍याम (र्‍याम विस्तार सुविधा सहित) र १२८ जीबी स्टोरेज दिइएको छ। कलरओएस १५ को साथमा उपलब्ध यो फोनमा गूगल जेमिनाई एआई, एआई फोटोग्राफी फिचर र ५० मेगापिक्सेलको मुख्य क्यामेरा जस्ता स्मार्ट सुविधा उपलब्ध छन्। साथै, फोनको तिखो डिस्प्ले, उच्च भोल्युम मोड र सहज नेटवर्क स्विचिङले यसलाई मनोरञ्जन तथा गेमिङका लागि उपयुक्त बनाउँछ।

ओप्पो ए फाइभ नेपाली बजारमा असार २६ गतेदेखि उपलब्ध हुनेछ। यसको मूल्य २२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्टसहित १२ महिनासम्म ० प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा फोन किन्न सक्नेछन्।

साथै, साउन २४ गतेसम्म खरिद गर्ने ग्राहकहरूलाई दुई वर्षसम्मको विस्तारित वारेन्टीको सुविधा पनि दिइने कम्पनीले जानकारी दिएको छ।