कीवर्डहरू -

अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?

अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा ओप्पो ए फाइभ प्रो फोरजी सार्वजनिक भएको छ । आउटडोर, गेमिङ र मनोरञ्जनका लागि उपयोगी हुने फोन ओप्पो ए फाइभ प्रो सार्वजनिक भएको हो । 

फोन आईपी ६९ वाटर तथा डस्ट रेसिस्टेन्ट र मिलिटरी ग्रेड शक रेसिस्टेन्ट रहेको छ । ५ हजार ८०० एमएएच ब्याट्री रहेको फोन लाईट वेट र अल्ट्रास्लिम डिजाइनमा आउँछ । ६.६७ इन्च एचडी प्लस सुविधा रहेको छ ।

क्वालकम सिक्सएस फोरजी जेनवान प्रोसेसर प्रयोग गरिएको फोनमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । फोनमा विभिन्न एआई सुविधाहरू रहेका छन् । फोटो एआई इरेजर, रिफलेक्सन रिमुभर, अनब्लर, गुणस्तर सुधार, एआई स्टुडियो लगायतका फिचर राखिएको छ । 

कलर ओएस १५ लाईटमा सञ्चालन हुने गेमिङ र फाटो ग्राफीका लागि एआई प्रविधि रहेको छ । फोनमा भएको एआई गेम बुस्टले फ्रेमरेटलाई एडजस्ट गर्नेछ र फोन तात्तिनबाट जोगाउन भीसी कुलिङ सिस्टम रहेको छ ।  

सुपरभोक चार्जिङ सपोर्ट गर्ने फोनले १९ मिनेटमा ३० प्रतिशत चार्ज गर्ने कम्पनीको दावी छ । यसमा ५० मेगापिक्सले अल्ट्रावाइड मेन क्यामेरा, २ मेगापिक्सेलको पोट्रेट क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

यसमा लाईभ फोटोको फिचर सुविधा रहेको छ, जसले गर्दा विभिन्न मोमेन्ट क्याप्चर गर्न सकिने छ ।  अन्डरवाटर फोटोग्राफी समेत सुविधा रहेको छ । फोनमा आउटडोर सुविधा रहेको छ, जसलाई अन गरेर कम नेटवर्क र कम ल्याटेन्सी भएको ठाउँमा पनि गुणस्तरीय सेवा लिन सकिने छ । 

साथै फोनमा भएको बिकन लिंक सुविधाले २४० मिटरसम्म सीम र इन्टरनेट बिना पनि अन्य ओप्पोका फोनमा सम्पर्क गर्न सकिने छ ।

नेपाली बजारमा ओप्पो ए फाइब प्रोको मूल्य ३२ हजार ९९९ रूपैयाँ रहेको छ । मार्च २२ देखि २४ सम्म प्रि-अर्डर समेत खुला छ । प्रि-अर्डर गर्दा १ हजार रूपैयाँ क्यासब्याक गर्न पाइने छ । ईएमआईमा समेत फोन खरिद गर्न सकिने छ ।