ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए सिक्स सार्वजनिक गरेको छ। लामो ब्याट्री जीवन, उच्च भिजुअल अनुभव र टिकाउ डिजाइनमा केन्द्रित यो स्मार्टफोनले प्रयोगकर्तालाई अत्याधुनिक सुविधासहित स्मार्ट अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
ओप्पो ए सिक्समा ७ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५ वाट सुपरभोक फास्ट चार्जिङले सहयोग गर्छ। यसले प्रयोगकर्ताले दिनभर स्मार्टफोनको प्रयोग गर्न सक्ने सुविधा दिन्छ र बारम्बार चार्ज गर्नुपर्ने झन्झट कम गर्छ। साथै, रिभर्स वायर्ड चार्जिङको सुविधा दिइएको छ, जसले अन्य कम्प्याटिबल डिभाइसहरू चार्ज गर्न सकिन्छ।
फोनमा १२० हर्ज एमोलेड डिस्प्ले अल्ट्रा–ब्राइट डिस्प्ले छ, जसले स्मूद स्क्रोलिङ, फ्लुइड एनिमेसन र जीवन्त रंगहरू प्रस्तुत गर्छ। ११२५ निट्सको पीक ब्राइटनेसको कारण उज्यालो घाममा पनि डिस्प्ले स्पष्ट देखिन्छ, जसले आउटडोर प्रयोगको अनुभवलाई सहज बनाउँछ।
ओप्पो ए सिक्सको क्यामेरा विभागमा ५० मेगापिक्सेल एआई मुख्य क्यामेरा रहेको छ, जसले विस्तृत रचनात्मक फोटो खिच्न सक्षम छ। आईपी ६९ वाटर र डस्ट रेसिस्टेन्सले स्मार्टफोनलाई पानी र धुलोबाट सुरक्षित राख्छ। यसमा अन्डरवाटर फोटो र भिडियो खिच्ने सुविधा पनि छ, जसले स्वीमिङ पूल, वर्षा वा अन्य जल–संग सम्बन्धित गतिविधिहरूमा फोटो र भिडियो कैप्चर गर्न सहज बनाउँछ।
फोन सिक्स एनएम स्न्यापड्रयागन चिपसेटद्वारा सञ्चालित छ, जसले मल्टिटास्किङ, गेमिङ र दैनिक कार्यका लागि दक्ष प्रदर्शन सुनिश्चित गर्छ। एआई गेम बुस्ट र एआई लिंकबुस्ट ३.० मार्फत गेमिङ अनुभव र नेटवर्क स्थायित्व बढाइएको छ।
भारी प्रयोगको क्रममा पनि स्थिर प्रदर्शन कायम राख्न ओप्पो ए सिक्समा सुपरकुल भीसी कूलिङ सिस्टम रहेको छ। साथै, ६० महिना (पाँच वर्ष) स्मुथ फुलुयन्सी प्रोटेक्सनको सुविधा उपलब्ध छ, जसले प्रणालीको दीर्घकालीन स्थायित्व र स्मूद प्रयोग सुनिश्चित गर्छ।
ओप्पो ए सिक्सको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३८ हजार ९९९ रूपैयाँ तोकिएको छ। शुन्य प्रतिशत ईएमआफ सुविधा र ४० प्रतिशत डाउनपेमेन्टको विकल्पसँगै उपलब्ध छ।
अप्रिल ११, २०८३ भन्दा पहिले खरिद गर्ने ग्राहकलाई एक्सटेन्डेड वारन्टी पनि दिइनेछ। फोन सफायर ब्लु र अरोरा गोल्ड रंगमा उपलब्ध छ।
ओप्पो ए सिक्स नेपालभरि अधिकृत रिटेल स्टोरहरू मार्फत खरिद गर्न सकिनेछ।
आईसीटी समाचार