विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्टफोन विश्वकै सबैभन्दा पातलो बुक-स्टाइल फोल्डेबल हो, जसको मोटाई ८.९३ मिमि मात्र र तौल २२९ ग्राम छ ।
यसमा ८.१२-इन्चको ठूलो इनर डिस्प्ले, ५६००एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै फोनमा ८० वाटको सुपरभोक फास्ट चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सुविधा छ ।
स्न्यापड्रागन ८ इलाइट मोबाइल प्लेटफर्ममा आधारित फाइन्ड एनफाइभले उच्चस्तरीय एआई प्रदर्शन, उत्पादनशीलता र मनोरञ्जनका लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
यो स्मार्टफोन आईपी एक्स नाईन पानी प्रतिरोधी सुरक्षासहित आएको छ भने, ओपोको नयाँ Titanium Flexion Hinge प्रयोग भएको छ, जसले यसलाई अझ टिकाउ बनाएको कम्पनीले जनाएको छ ।
फाइन्ड एनफाइभमा पहिलोपटक Hasselblad Master Camera System समावेश गरिएको छ, जसले प्रो-ग्रेड फोटोग्राफी र भिडियो क्षमताहरू उपलब्ध गराउँछ।
कलरओएस १५ सहित आएको यसमा एआई कल समिरी, डुअल स्क्रुन इन्टरप्रेटर, स्मार्ट एडिटिङ टुल, र म्याक तथा आईओएस डिभाइससँग सहज एकीकरणको सुविधा पनि छ ।
नेपालमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फाइन्ड एनफाइभको मूल्य २ लाख ४९ हजार ९९९ रूपैयाँ राखिएको छ । फोन ० प्रतिशत ब्याजमा ईएमआई सुविधासहित बजारमा उपलब्ध छ ।