भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले अब सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थालाई नयाँ नियमको व्यवस्था गरेको हो ।
‘संस्थाले सूचना प्रविधि विभागले डेटा सेन्टरको रुपमा कार्य गर्न सूचीकृत गरेको संस्थासंग मात्र आफ्नो डेटा सेन्टर राख्न सक्नेछन्,’ नयाँ थप गरिएको व्यवस्थामा भनिएको छ, ‘अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डेटा सेन्टर 'डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१' मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।’
यस्तै संस्थाहरूले ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।
प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेबिट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुऱ्याउने छैन् ।
आईसीटी समाचार