कीवर्डहरू -

ओएसआर डिजिटलले युट्युबमा पार गर्‍यो १ करोड सब्सक्राइबर

ओएसआर डिजिटलले युट्युबमा पार गर्‍यो १ करोड सब्सक्राइबर

ओएसआर डिजिटलले युट्युबमा १० मिलियन अर्थात १ करोड सब्सक्राइबर पार गरेको छ । ९ वर्षको युट्युब यात्रापछि शुक्रबार ओएसआर डिजिटलले यो उपलब्धि हासिल गरेको हो । 

२५ वर्षअघि भिसीडीबाट ओएसआरको यात्रा सुरू भएको थियो । भिसीडीबाट सुरु भएको मनोरञ्जन यात्रा अहिले डिजिटल युगमा मनोरञ्जन विधामा युट्युबको शीर्षस्थानमा पुगेको छ । 

समयसँगै बदलिँदो प्रविधि र दर्शकको मन जित्नका लागि गरिएको निरन्तर संघर्षले आज ओएसआर संस्थालाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको छ ।

ओएसआर डिजिटलले चलचित्र, टेलि सिरियल, म्युजिक भिडियो लगायतमा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ ।