कीवर्डहरू -

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।  शिक्षक सेवा आयोग मावि, निमावि र प्राविको तयारि गरिरहेका विधार्थीहरुलाई मध्यनजर गर्दै ओटीसले वृहत छात्रवृत्ति योजना ल्याएको हो । 

यसका लागि ओटीसले २ लाख रूपैयाँसम्मको छात्रवृत्ति सुविधा उपलब्ध गराउने छ । छात्रवृत्ति प्रदान गर्न ओटीसले परीक्षा सञ्चालन गर्नेछ । 

छात्रवृत्ति परीक्षामा पहिलो स्थानमा पर्ने ५ जनालाई निःशुल्क तयारी कक्षा उपलब्ध गराउने ओटीसले जानकारी दिएको छ । त्यसैगरी छात्रवृति परीक्षामा दोस्रो स्थानमा पर्ने उत्कृष्ट ५ जनालाई ५० प्रतिशतसम्म छुट दिई तयारी कक्षा  उपलब्ध गराउने, तेस्रो स्थानमा पर्ने उत्कृष्ट १० जनालाई तयारी कक्षामा ३० प्रतिशतसम्म छुट र चौथौ स्थानमा पर्ने उत्कृष्ट १० जनालाई २० प्रतिशतसम्म छूट दिने कम्पनीको भनाइ छ । 

यस बाहेक शारीरिक रुपमा अपाङ्गता भएकालाई तयारी कक्षामा ५० देखि १०० प्रतिशत छूटको व्यवस्था गरिएको ओटीसले जनाएको छ । छात्रवृत्तिको परीक्षा तालिका पछि सार्वजनिक गरिने जनाइएको छ । यदी तपाई पनि ओटीसको वृहत छात्रवृत्ति योजनामा भाग लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् ।