५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।
पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ
कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्न्यातको भनाइ छ ।