कीवर्डहरू -

नेपालमा कम्प्युटर इन्जिनियरिङ शिक्षा सुरू गर्ने शर्माले पाए पायोनियर आइसिटी अवार्ड २०२४

नेपालमा कम्प्युटर इन्जिनियरिङ शिक्षा सुरू गर्ने शर्माले पाए पायोनियर आइसिटी अवार्ड २०२४

नेपालमा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ शिक्षा सुरू गर्ने प्रा.डा. सुरेशराज शर्माले पायोनियर आइसिटी अवार्ड २०२४ पाएका छन् । 

शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा लामो योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड शर्मालाई प्रदान गरिएको हो ।

प्राविधिक शिक्षाको विकास र वृद्धिमा अधिकांश उमेर व्यतित गरेको पायोनियर नाम हो, प्रा.डा. सुरेशराज शर्मा । वि.सं.१९९७ सालमा सिन्धुलीमा जन्मिएका उनले रसायनशास्त्रमा विद्यावारिधिसम्मको अध्ययन गरेका छन् । सन् १९९४ मा नेपालको पहिलो पटक कम्प्युटर इन्जिनियरिङ शिक्षा सुरू गर्न उनले पुर्‍याएको योगदान अतुलनीय छ । 

नेपालको शिक्षा नीति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका शर्माकै पहलमा प्राविधिक शिक्षाको थालनी भएको थियो । काठमाडौं विश्वविद्यालयको संस्थापक तथा पहिलो उपकुलपति भएर काम गरेका शर्मा सीटीईभीटीईको पहिलो कार्यकारी निर्देशक समेत हुन ।

शैक्षिक र प्रशासनीक क्षेत्रमा उत्तिकै अब्बल उनले राष्ट्रिय शिक्षा समिति, विज्ञान तथा प्रविधि सम्बन्धि सार्क प्राविधिक समिति, त्रिभुवन विश्वविद्यालय लगायतका संस्थामा रहेर समेत काम गरिसकेका छन् ।