कीवर्डहरू -

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अमेरिकाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड प्लस साइज नेपालले आफ्ना उत्पादनहरू अब अनलाइनमार्फत अमेरिकामा शिपिङ गर्ने भएको हो ।

केही समय अगाडि अष्ट्रेलियाबाट सुरू भएको अनलाइन अर्डर सेवा सुरू अमेरिका र भारतमा समेत विस्तार गरिएको छ ।  प्लस साइज नेपालको शिपिङ पार्टनरमा डिएचएल रहेको छ । प्लस साइज नेपालको वेबसाइट वा एपबाट कपडा अर्डर गर्दा विदेशमा तपाई रहेको ठाउँमा डेलिभर हुनेछ ।

अमेरिकामा बस्ने नेपालीले कार्ड प्रयोग गरी कपडा अर्डर गर्न सक्ने छन् । अर्डर गरेको सात दिनभित्रमा सामान डेलिभर हुने प्लस साइज नेपालका सीईओ अनिल बस्नेतले बताए । 

प्लस साइज नेपाल विशेष गरी महिलाहरू माझ परिचित छ । प्लस साइज नेपालले नेपालमै कपडा उत्पादन गरेर विश्वभर नेपाली उत्पादन पुर्‍याउन लागिरहेको वस्नेतको भनाइ छ । 

नेपालमा आउटलेटबाट समेत उत्पादन विक्री वितरण भइरहेको छ । कम्पनीमा अहिलेसम्म २०० बढीले रोजगारी पाएका छन् । प्लस साइजको वेबसाइट तथा मोबाइल एपबाट उत्पादन अर्डर गर्न सकिने छ ।