कीवर्डहरू -

नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान

नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान

ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ प्राप्त गरेका छन् । 

ग्रीन हाइड्रोजन इन्धन उत्पादनमा सफल अनुसन्धान गरी ग्रीन हाइड्रोजन इन्धन उपयोगको सफल परीक्षणमार्फत विज्ञान/प्रविधि नवप्रवर्तनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार गरिएको हो । 

गत माघ ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रोत्साहनस्वरूप थापालाई ५ लाख रूपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको छ ।