कीवर्डहरू -

प्रधानमन्त्री भन्छन् - आईटीका युवासँग नियमित संवादमा बस्छु, अवरोध गर्ने गाँठा फुकाउँछु

प्रधानमन्त्री भन्छन् - आईटीका युवासँग नियमित संवादमा बस्छु, अवरोध गर्ने गाँठा फुकाउँछु

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूसँग नियमित संवादमा बस्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूले झन्डै सत्तरी अर्ब यसै वर्षमात्र देशमा ल्याएका बताउँदै उनले अब उनीहरूसँग नियमित संवादमा बस्ने, उनीहरूलाई अवरोध पुगेका सबै गाँठा फुकाउँने र परिणाममुखी संयन्त्र बनाउँने घोषणा गरेका हुन् ।

अब उद्यमशीलताको माध्यमबाट आर्थिक उन्‍नति र रोजगारी वृद्धी गर्ने उनको भनाइ छ ।