कीवर्डहरू -

विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित

विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेस अलायन्स (विस्टा) को कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरुको अन्तराष्टिय संस्था विस्टाको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरन्जीवी अधिकारीले यसले नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रसँग प्रत्यक्ष जोड्न मद्दत गर्ने बताए । 

‘यो आईटी समुदायका लागि निकै महत्वपूर्ण हो । यसले नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रका नवीन प्रविधि र विकाससँग प्रत्यक्ष जोड्न मद्दत गर्नेछ,’ उनले आईसीटी समाचारसँग भने, ‘यसका माध्यमबाट नेपाली आईटी व्यवसाय, स्टार्टअप र संस्थाहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न आवश्यक रणनीतिहरू, प्रविधि र साझेदारीको फाइदा उठाउन सक्ने छन् भने  नेपाललाई अन्तर्राष्ट्रिय आईटी मञ्चमा थप सशक्त बनाउने र नवप्रवर्तन तथा डिजिटल अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनेछ ।’ 

विस्टाले विश्वभरी सूचना प्रविधिका क्षेत्रमा भएका नविनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ । 

साथै, नयाँ नयाँ प्रबिधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।