कीवर्डहरू -

पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेपछि लाइसेन्स खारेज भएको हो । 

२०७१ फागुन १ गते पोखरा महानगरपालिकाको टेलनेट इन्टरनेटलाई इमेलसहितको लाइसेन्स प्रदान गरिएको थियो ।

नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेपछि कम्पनीको दूरसञ्चार ऐन अनुसार २०८१ फागुन ०१ गतेदेखि स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ ।

साथै उक्त कम्पनीलाई नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिन भित्र कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ । अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाईने प्राधिकरणले जानकारी दिएको छ ।