कीवर्डहरू -

एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने

एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । 

यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

एक जिम्मेवार कर्पोरेटको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी भएको एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले बताए । 

‘यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,’ उपाध्यायले भने, ‘सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।’

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको छ र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको छ । यो एपलाई स्थानिय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ ।

यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरुका लागि पनि एकदमै महत्व राख्दछ । रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरु किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकहरुले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।