कीवर्डहरू -

मौसमका कारण शनिबार हुने भनिएको आन्टरप्रेनर समिट स्थगित, टिकटको पैसा रिफण्ड हुने

मौसमका कारण शनिबार हुने भनिएको आन्टरप्रेनर समिट स्थगित, टिकटको पैसा रिफण्ड हुने

नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा असोज १९ गते शनिबार सोल्टी होटलमा आयोजना हुने भनिएको आन्टरप्रेनर समिट नेपाल २०२४ स्थगित भएको छ । मौसमका कारण शनिबार हुने भनिएको समिट स्थगन भएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता तथा सहभागीहरूको सुरक्षालाई ध्यान राख्दै समिट स्थगत गर्नुपरेको आयोजकले जनाएको छ । अब समिट आगामी वर्षको फ्रेबुअरीमा हुने बताइएको छ ।

यसअघि समिटका लागि टिकट काटिसकेकाहरूले पैसा फिर्ता पाउने छन् । त्यसका लागि स्वीभ्टइन्भेस्टिया सपोर्ट टिमसँग इमेल वा फोन नम्बरमार्फत सम्पर्क गर्नुपर्नेछ । 

एशिया प्रशान्त क्षेत्र (एप्याक) का उद्यमी, लगानीकर्ता, र व्यवसायिक नेतृत्वकर्ताहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित सम्मेलन हुन लागेको थियो । यसले नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्वपूर्ण हुने आयोजकको विश्वास गरिएको थियो । 

सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी हुने तय भएको थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको थियो ।