कीवर्डहरू -

खल्तीको नयाँ सीईओमा प्रवीण रेग्मी नियुक्त

खल्तीको नयाँ सीईओमा प्रवीण रेग्मी नियुक्त

डिजिटल वालेट खल्ती (IME Khalti Limited) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन्। यसअघिका सीईओ विनय खड्काको कार्यकाल समाप्त भएपछि रेग्मी नयाँ सीईओको रूपमा नियुक्त भएका हुन्।

खल्ती र आईएमई पे एकीकृत (मर्ज) हुनुभन्दा पहिले रेग्मी आईएमई पेका सीईओ थिए। मर्जपछि खल्ती बाइ आईएमईको सीईओमा विनय खड्काले निरन्तरता पाएका थिए भने रेग्मी सञ्चालक समितिका सदस्यका रूपमा कार्यरत थिए।

कम्पनीका अनुसार रेग्मीको नेतृत्वले प्रयोगकर्ता र साझेदारहरूलाई प्रदान गरिँदै आएको मूल्य, विश्वास र रूपान्तरणकारी डिजिटल अनुभवलाई अझ सुदृढ गर्ने विश्वास लिइएको छ।

यसैबीच, निवर्तमान सीईओ विनय खड्काले आफ्नो कार्यकालमा प्राप्त सहयोग, विश्वास र सहकार्यसम्बन्धी सबैप्रति आभार व्यक्त गरेका छन्। उनले संस्थालाई अगाडि बढाउन साथ दिएका सबै साझेदार, टीम सदस्य र सहयोगीहरूलाई धन्यवाद दिँदै भविष्यका लागि शुभेच्छा व्यक्त गरेका छन्।