सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ — नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यसअघि दक्षिण कोरियाको सिओलमा आयोजित ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा पहिलो पटक प्रस्तुत गरिएका यी मोडेलहरू अब नेपाली प्रयोगकर्ताका लागि प्रि-बुकिङ खुला गरिएको हो ।
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ दुबै मोडेलमा कम्पनीले डिजाइनमा महत्वपूर्ण सुधार गर्दै अझ हल्का, बलियो र प्रयोगमैत्री बनाएको जनाएको छ । जेड फोल्ड ७ विशेष गरी मल्टीटास्किङ र गेमिङमा केन्द्रित छ भने जेड फ्लिप ७ स्टाइल, क्यामेरा र प्रयोगकर्ता अनुभवलाई ध्यानमा राखेर तयार पारिएको छ ।
यी मोडेलहरूमा सामसुङ एआईको एकीकृत प्रयोग गरिएको छ जसअन्तर्गत सर्कल टु सर्च, लाइभ ट्रान्सलेट, नोट एसिस्ट, ट्रान्सक्रिप्ट एसिस्ट, फोटो एसिस्ट र च्याट एसिस्ट जस्ता स्मार्ट सुविधा उपलब्ध छन् । यीनले प्रयोगकर्तालाई दैनन्दिन कामकाजमा ठूलो सहजता दिने विश्वास गरिएको छ।
नेपालमा जेड फोल्ड ७ को प्रारम्भिक मूल्य २ लाख ४४ हजार ९९९ रूपैयाँ र जेड फ्लिप ७ को मूल्य १ लाख ५४ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ । दुवै मोडेल १२ जीबी र्याम र २५६ जीबी स्टोरेज संस्करणमा उपलब्ध छन् । ग्राहकले साउन २१ देखि ३१ गतेसम्म प्रि-बुकिङ गर्न सक्नेछन्।
प्रि-बुकिङमा विशेष अफरहरू पनि प्रदान गरिएका छन्। जसमध्ये मुख्य आकर्षणहरूमा पुरानो स्मार्टफोन साटेर नयाँ मोडेलमा अपग्रेड गर्न सकिने सुविधा, १५ हजारसम्मको एक्सचेञ्ज बोनस, १० हजारसम्म क्यास ब्याक, न्यूनतम मासिक किस्तामा (ईएमआई) फोन खरिद गर्न सक्ने व्यवस्था लगायत छन् । साथै, सीमित अवधिका लागि २५६ जीबी खरिद गर्नेले ५१२ जीबीमा निःशुल्क अपग्रेड पाउने छन्।
सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनीलिमिटेड मार्फत एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ।
यसका साथै, ग्यालेक्सी बड्स ३, ग्यालेक्सी वाच ७ र ग्यालेक्सी वाच अल्ट्रामा समेत छुटको व्यवस्था गरिएको छ ।
प्रि–अर्डर गर्ने तरिका
स्टेप १ः https://samsungcampaigns.com मा जानुहोस् वा तलको क्युआर स्क्यान गर्नुहोस्।
स्टेप २ः आफुलाई सहज हुने रितेलर छानी रु. ५,००० अग्रिम भुक्तानी गर्नुहोस्।
स्टेप ३ः ओटिपी प्राप्त गर्नुहोस्।
स्टेप ४ः आफुले छानेको स्टोरमा गई ओटिपी देखाएर नयाँ ग्यालेक्सी जेड फोल्ड७ वा ग्यालेक्सी जेड फ्लिप७ प्राप्त गर्नुहोस्।