नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा नामी ईभी सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए ।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ । ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधिहरू समावेश गर्दछ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्युतिय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्विकार गर्दै विद्युतिय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्नेमा उनको जोड छ ।
कार्यक्रमपछि प्रमुख अतिथि नेपालले नै ग्राहकहरूलाई नामी ईभीको सांचो हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोभिन्द भुसालले विक्री मात्र होइन विक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने, ‘कार किन्नुअघि कारको ब्राण्ड र कार ल्याउने आयातकर्ता दुईवटा कुरामा ध्यान दिनुपर्छ ।’
नामी ईभी विलासी इन्टेरियर र उन्नत स्मार्ट टेक्नोलोजीयसको स्लीक डिजाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएर जस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू छन् ।
नामी ई१, नामी ई२ र नामी ई३, चार रङहरू; सेतो, नीलो, हरियो र बैजनीएवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनी जस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छन् ।
नामीले लेभल २ एडीएएस, भेन्टिलेटेड र तातो सिटहरू, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७ इन्चको टायर, १२ अल्ट्रासोनिक रडार सहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणाली सहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सुविधाहरू छन् ।
साथै ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ । यही मंसिर १९ गते बुधवारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरू सहित विद्युतीय सवारी साधनहरूको दायरा अन्वेषण गर्न सक्छन् ।