कीवर्डहरू -

प्रीमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपालमा आउँदै, यस्ता छन् फिचर

प्रीमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपालमा आउँदै, यस्ता छन् फिचर

विश्वको प्रतिष्ठित डिजाइन हाउस शांघाई लन्च अटोमोटिभको पहिलो प्रीमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतामा वेबोर ग्रुप अंतर्गतको नेक्सन भेञ्चर्स प्रालि नियुक्त भएको छ । 

योसँगै शांघाई लन्च अटोमोटिभको पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एसयूभी एलईभी ०१ नेपालमा आउँदै छ । एलईभी ०१ ले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ । 

यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ । साथै बिक्री पछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ ।

null

प्रिमियम इलेक्ट्रीक एसयूभी एलईभी ०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एलईभी ०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर राखिएको छ भने ५०० किलोमिटर बढी रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।