कीवर्डहरू -

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा

राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमसेवा एपमार्फत ६४ भन्दा बढी मल्टी सेवा दिइरहेको छ ।

एपबाट बाईक, ट्याक्सी, रेंटल गाडी, एम्बुलेन्स, ट्यांकर, टेक्निसियन, ग्यास जार, फुड, नर्स डाक्टर, प्लम्बर लगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हालै विभिन्न किसिमका अफर प्याकेजसहित प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश, सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान गर्नुका साथै सेवा ग्राहक राईडरको हकमा बिमा सुविधा पनि रहेको बताएको छ ।

प्राईमसेवाले राईडरको लागि १५ लाखसम्म दुर्घटना बीमा, ४ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्बुलेन्स, यातायात खर्चवापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा १ लाख थप गरिदिने बिमा नीति पनि रहेको छ । 

प्राइम सेवाले पहिलो १० हजार राइडर तथा विद्यार्थीले ५-५ कित्ता शेयर निःशुल्क दिने कम्पनीको दावी छ । प्राइम सेवामा राइडरले निःशुल्क रूपमा आफुलाई दर्ता गर्नेछन् । प्राईमसेवाले केही समयपछि अधिकतम् १० प्रतिशत सेवा शुल्क लिने जनाएको छ । राइडरहरूले मोबाइल एपबाटै आफ्नो डकुमेन्ट पठाउन सक्ने छन् ।