नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ ।
लम्जुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न लागेका हुन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । त्यसपछि मन्त्रीहरूले सपथ लिने छन् ।