कीवर्डहरू -

लोटे चोकोपाइको उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण, अर्चनाले जितिन् ईभी कार

लोटे चोकोपाइको उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण, अर्चनाले जितिन् ईभी कार

विश्वप्रसिद्ध ब्रान्ड लोटे चोकोपाइको आधिकारिक वितरक बीजे इन्टरनेशनलले आफ्नो उपहार योजना ‘लोटे चोकोपाइ खोलौँ, कार जितौँ’ का विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ। 

मंगलबार ललितपुरको एकान्तकुनास्थित कोरियन बीबिक्यूमा आयोजित एक विशेष समारोहका बीच भाग्यशाली विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो।

गत सेप्टेम्बरदेखि डिसेम्बरसम्म चार महिनासम्म सञ्चालित यस योजनामा करिब १ लाख उपभोक्ताहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए। उपभोक्ताहरूले चोकोपाइको बक्समा रहेको क्यूआर कोड स्क्यान गरी खल्ती एपमार्फत वा एसएमएसमार्फत कोड पठाएर यस योजनामा सहभागी भएका थिए।

पुरस्कार हस्तान्तरण समारोहमा अर्चना नटिकलाई बम्पर उपहार स्वरूप सेरेस मिनी ईभी कार हस्तान्तरण गरियो। कार जितेपछि खुसी व्यक्त गर्दै उनले यो आफ्नो लागि अविश्वसनीय उपहार भएको बताइन्। त्यस्तै, दोस्रो पुरस्कार विजेता कृष्णमाया अधिकारी बास्तोलाका श्रीमान गोविन्द प्रसाद बास्तोलाले यामाहा रे जेडआर स्कुटरको साँचो ग्रहण गरे ।  यसैगरी तेस्रो पुरस्कार विजेता विनोद भुजेललाई आइफोनप्रदान गरियो।

यी विजेताहरूको घोषणा गत डिसेम्बर ३० मा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरी गोलाप्रथा बाट गरिएको थियो। कार्यक्रममा बि.जे. इन्टरनेशनलका अध्यक्ष विनोद कुँवर, प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल, लोटे चोकोपाइका नेपाल कन्ट्री हेड अरुण गुप्ता, निर्देशकद्वय बर्ज जीसी र पूर्णबहादुर कुँवर, तथा प्रमुख सञ्चालन अधिकृत आदित्यमान प्रधानाङ्ग लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले उपभोक्ताहरूको अपार माया र विश्वासले गर्दा यो अभियान सफल भएको बताए। 'हाम्रो मुख्य उद्देश्य उपभोक्ताहरूमा खुसी बाँड्नु हो। आगामी दिनहरूमा पनि लोटे चोकोपाइले यस्तै उत्साहजनक र पुरस्कृत गर्ने योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,' उनले भने । 

यसअघि पहिलो चरणको लक्की ड्र मार्फत राजेन्द्र बाचकाईले सेरेस मिनी ईभी, दावा लामाले यामाहा स्कुटर र पूजा रायाले आइफोन प्राप्त गरिसकेका छन्।