कीवर्डहरू -

एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)

एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् । 

असार २९ गते शनिबार कलेज प्रांगनमा आयोजना भएको परियोजना प्रदर्शनीमा कम्प्युटर ईन्जिनियर, सफ्टवेयर ईन्जिनियर, आईटी ईन्जिनियर, सिभिल ईन्जिनियरिङ र बीसीए अन्तिम वर्षमा पढ्ने विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शनी भएका थिए । 

प्रर्दशनीमा ई-कमर्स साइट, सोसल प्रोजेक्ट, पब्लिक ट्रान्सपोर्ट सोलुसन, एयर क्वालिटी मोनिटरिङ, वेस्ट म्यानेजमेन्ट, ग्रीन बिल्डिङ, स्मार्ट पार्किङ, लेन्डिङ एप लगायतका परियोजनाहरू राखिएका थिए । 

परियोजना प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन मिल्नुका साथै तयार पारेका परियोजनाहरूमा थप सल्लाह सुझाव प्राप्त गर्न सघाउने एनसीआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले बताए । 

‘परियोजना प्रदर्शनीमा सहभागी २० बढी विद्यार्थीहरूले आफ्नै स्टार्टअप समेत सुरू गरेका छन्,’ उनले भने, ‘एनसीआईटीका विद्यार्थीले उद्योगको मापदण्ड अनुसार नै परोजना तयार पारेका हुन्छन् । उनीहरूले आफ्नो बिजनेस, स्टार्टअप नै गर्न सक्छन् ।’

यस्तै एनसीआईटी कलेजका प्रोजेक्ट कोअर्डिनेटर रोशन चित्रकारले विद्यार्थीलाई एकेडेमीक उपलब्धितामा मात्रै सिमित नराखेर परियोजना प्रदर्शनीमार्फत प्रयोगात्मक अभ्यासमा जोड दिएको बताए । 

प्रदर्शनी अवलोकनका लागि विज्ञ, आईटी कम्पनी, प्लस टुका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

null