कीवर्डहरू -

अनलाइनबाट सामान खरिद बिक्री गर्दा डिजिटल पेमेन्ट गेटवे अनिवार्य गर्ने प्रस्ताव

अनलाइनबाट सामान खरिद बिक्री गर्दा डिजिटल पेमेन्ट गेटवे अनिवार्य गर्ने प्रस्ताव

अनलाइनबाट सामान खरिद बिक्री गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्ने प्रस्ताव गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ को मस्यौदा जारी गर्दै सबै अनलाइनबाट सामान किनबेच गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्न अनिवार्य गर्न लागेको हो ।

मस्यौदामा सबै विद्युतीय व्यापार (ई-कमर्स) व्यवसायीले व्यावसायीक कारोबार गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ को दफा ३७ बमोजिम जारी गरिएको यस निर्देशिकाले अनलाइन माध्यमबाट हुने वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउने लक्ष्य लिएको छ।

निर्देशिकाले सबै ई–कमर्स व्यवसायीका लागि विद्युतीय बीजक (इलेक्ट्रोनिक इन्भ्वाइस) अनिवार्य गरेको छ। वस्तु वा सेवाको भुक्तानी नगदमार्फत गरिएको भए पनि कारोबारको विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था छ। 

यस्तै भुक्तानी असफल भएमा सम्बन्धित फर्मले अनिवार्य रूपमा सात दिनभित्र ग्राहकलाई रिफन्ड वा रिटर्नको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ। वस्तु वा सेवा हस्तान्तरणपछि तोकिएको मूल्य, बिक्री कर र ढुवानी खर्चबाहेक कुनै पनि अतिरिक्त शुल्क ग्राहकबाट लिन नपाइने स्पष्ट गरिएको छ।

मन्त्रालयले मस्यौदामा कुनै परिमार्जन वा थपघट गर्नुपर्ने भएमा सात दिनभित्र [email protected] मा ईमेलमार्फत सुझाव पठाउन अनुरोध गरेको छ ।

यस्तो छ मस्यौदा