कीवर्डहरू -

डिजिटल वालेटहरूको संस्था पीएसपी एशोशिएसन नेपाल गठन, अध्यक्षमा आईएमई पेका प्रविण रेग्मी

डिजिटल वालेटहरूको संस्था पीएसपी एशोशिएसन नेपाल गठन, अध्यक्षमा आईएमई पेका प्रविण रेग्मी

भुक्तानी सेवा प्रदायकहरूले पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) एशोशिएसन नेपाल गठन गरेका छन् ।

नेपालको फिनटेक क्षेत्रलाई उन्नत बनाउन र सरोकारवालाहरूसँग सहकार्य गर्न गैरनाफामुलक संस्था पीएसपी एशोशिएसन नेपाल गठन भएको हो । 

संस्थाको अध्यक्षमा आईएमई पेका सीईओ प्रविण रेग्मी, उपाध्यक्षमा खल्तीका सीईओ विनय खड्का, महासचिवमा सिटी पेका सीईओ विनय रेग्मी, कोषाध्यक्षमा माई पेका सीओई मनोज मेहता रहेका छन् । 

यस्तै कार्यसमिति सदस्यमा मोका सीईओ प्रणय राजभण्डारी, सेलपेका प्रबन्ध निर्देशक प्रवन प्रधान, प्रभु पेका सीईओ विक्की शाही, मोरूका पुनम बस्नेत र हाम्रो पेका सीईओ शिशिर पोखरेल चयन भएका छन् । 

भुक्तानी सेवा प्रदायकहरूको एकीकृत आवाजको रूपमा पीएसपी एशोशिएसनले काम गर्नेछ । संस्थाले नीतिहरूको वकालत, भुक्तानी प्रक्रियाको मादपदण्ड प्रवर्द्धन र इन्नोभेसनलाई अगाडि बढाउने बताइएको छ ।

पीएसपी एशोशिएसन नेपालका संस्थापक अध्यक्ष प्रविण रेग्मीले संस्थालाई सहकार्य, वृद्धि र प्रभावकारी परिवर्तनको प्लेटफर्म बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।